मस्को । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ।
युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको छ । ‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १०इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो ।
युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने । युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो । ’ पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology