Logo

२०८३, आश्विन ११गते


images
images

परोपकार बहुउद्देश्यीय सहकारीको १७औ साधरण सभा सम्पन्न

परोपकार बहुउद्देश्यीय सहकारीको १७औ साधरण सभा सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • परोपकार बहुउद्देश्यीय सहकारीको १७औ साधरण सभा सम्पन्न
    images
    images

    लोक प्रसाद छन्त्याल,  गुल्मी। 
    परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि० वामीले १७ औ   वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सधै खुला स्थानमा गर्ने साधारण सभा अहिले आफ्नै भवनमा सम्पन्न गरेको थियो ।

    images
    images
    images

     परोपकार बहुउद्देश्यीय सहकारी  संस्थाको सम्पन्न वार्षिक साधारण सभामा यस सस्थाले चालु आर्थिक बर्ष ०७८/७९ को आय,व्यय  २,०९५,२,९४०/ विवरण प्रकाशित गरेको थियो। ०४९ सालमा दर्ता भएको बहुउद्देश्यीय संस्थामा १४१० पुरुष र ५०७ महिला गरि जम्मा १९१७ जना शेयर सदस्य छन्।३ जना महिला सहित १५ जना संचालक समिति रहेका छन । यस संस्थाले विद्युत उत्पादन गरि वितरणका साथै बचत तथा ऋण सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    यस संस्थाको सेवा तथा कार्यक्षत्र वडिगाड गापा बाग्लुङ र मुसिकोट नगरपालिका गुल्मीमा पर्दछ । सहकारीले नियमित बचतमा ७% व्याजदर ऋण लगानीबाट १३% व्याज लिने गरेको छ ।तर लिनेदिने व्याजदर बिच फरक दर ६ प्रतिशत र तरलताको १५ प्रतिशत रहेको बताइएको छ।

    images
    images
    images

    परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको सम्पति जायजेथा गत आर्थिक बर्ष ६३,१५८,८२४,/७५ पैसा रहेकोमा अहिले बढेर व६५,१०५,६०७/४४ पैसा पुगेको छ । औसतमा झन्डै ३करोड  देखिएको सहकारीका लेखा समितिद्ववारा प्रकाशित गरिएको छ। देशमा लोदसेडिङको तात्कालिन अवस्थामा टुकि बत्तिलाई बिस्थापित गर्दै यस क्षेत्रलाई परोपकार संस्थाले अध्यारोबाट उज्यालो तर्फ लगेको नमुनाको रूपमा कार्यगरेको संचालक समितिका अध्यक्ष गोपि कृष्ण खरेलले बताएका थिए ।

    खरेलले ४५ लाख लागतमा सुबिधाजन्य सहकारी भवन निर्माण गरेको र अब अनलाइन मार्फत कारोबारका लागी कम्प्युटर सफ्टवेयर जडान गरि सुचारु गर्ने पैचोपसल व्यावसायिकहरु संग समन्वय गर्दै सेवा गरिने आदि योजनारहेको  बताएका थिए । बसाई सराइ को कारणले असहज प्रस्थिती भएकालाई ७ लाख बराबरkoशेयर फिर्ता गर्ने गरेको समेत जानकारी दिए।अहिलेसम्म करिब ८० जनाले शेयर फिर्ता लिएका छन । यस संस्थाले लेखा सुपरिवेक्षण समिति ऋण समिति र शिक्षा समिति द्ववारा विभिन्न क्रियाकलाप गर्दै आएको छ।

    मुसिकोट नगरका मेयर जिवलाल खरेल (जीवन ) को प्रमुख अतिथी रहेको सम्पन्न १७ औ साधारण सभा कार्यक्रममा  नेकपा एमाले मुसिकोट नगर कमिति अध्यक्ष प्रकाश काफ्ले नेपाली काग्रेस मुसिकोट नगर समितिका अध्यक्ष सन्तोष शाक्य माओवादी नगर कमितिका अध्यक्ष युवराज खरेल जनमोर्चाका ईस्वरी आचार्य समाजबादीका यम भक्त खरेल रुद्रावती बहुमुखी क्याम्पस वामीका क्यापस ईन्चार्ज कृष्ण प्रसाद सापकोटा महेन्द्र उच्च मा,बि का प्र,अ देबिराम शर्मा शारदा मा बि का प्र,अ ज्ञान हरि सापकोटा वडाका जनप्रतिनिधिहरु शेयर सदस्यहरु  लगायत  संघ संस्थाका प्रमुख प्रतिनिधिहरु पत्रकार रेडियो कर्मीहरुको उपस्थिति रहेको थियो समितिका सदस्य मोहनलाल श्रेष्ठको स्वागत तथा लिलाधर घिमिरेको प्रतिवेदन रहेको सम्पन्न कार्यक्रममा परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि० वामीका अध्यक्ष गोपि कृष्ण खरेलको सभापतित्व 
    सहकारी समितिका  सदस्य तेजेन्द्र जि,सि को सन्चालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।