Logo

२०८३, श्रावण २७गते


images
images

रेसुङ्गा विमानस्थल नियमित उडानका लागि सबै पक्षबाट सहयोगकाे अपेक्षा राखेका छाैं: नगरप्रमुख पन्थी 

रेसुङ्गा विमानस्थल नियमित उडानका लागि सबै पक्षबाट सहयोगकाे अपेक्षा राखेका छाैं: नगरप्रमुख पन्थी 

images
  • रेसुङ्गा विमानस्थल नियमित उडानका लागि सबै पक्षबाट सहयोगकाे अपेक्षा राखेका छाैं: नगरप्रमुख पन्थी 
    images
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका १० मा रहेको रेसुङ्गा विमानस्थल सञ्चालनका लागि सवै पक्षबाट सहयोगकाे अपेक्षा रहेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थीले बताएका छन् । करिब १४ बर्षमा निर्माण कार्य सकिएको विमानस्थलमा पाैष २४ गते परिक्षण उडान गरेको हाे । 
    परिक्षण उडान पश्चात् मेयर पन्थी गुल्मी जिल्लाका १२ ओटै स्थानीय तह प्रमुख उपप्रमुख छिमेकी जिल्ला अर्घाखाँचीका   स्थानीय तहलाई पनि नियमित विमान उडानका लागि आग्रह गरेका छन् । 

    images
    images
    images

    मेयर पन्थीले शनिबार नगरपालिकामै जिल्ला समन्वय समिति प्रमुख र धुर्काेट,छत्रकाेट,चन्द्रकाेट  इस्मा गाउँपालिका अध्यक्ष र कालिगण्डकि गाउँपालिका उपाध्यक्षलाई जिल्लामा रहेको याे गाैरवकाे याेजना रेसुङ्गा विमानस्थलमा विमान नियमित सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

    images
    images
    images

     आग्रह पश्चात् सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने जिल्ला समन्वय समिति प्रमुख र  स्थानीय तह अध्यक्ष उपाध्यक्षले बताए ।
    विमान नियमित सञ्चालनका लागि ट्रमिनल भवन भित्रका  आन्तरिक कामहरु सकेर छिटै सञ्चालन हुने मेयर पन्थीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।