Logo

२०८३, श्रावण ३०गते


images
images

रामचन्द्र पौडेलको प्रष्टीकरण : ०५४ मा एमाले विभाजन मैले गरेको होइन

रामचन्द्र पौडेलको प्रष्टीकरण : ०५४ मा एमाले विभाजन मैले गरेको होइन

images
  • रामचन्द्र पौडेलको प्रष्टीकरण : ०५४ मा एमाले विभाजन मैले गरेको होइन
    images
    images

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका छन् ।

    images
    images
    images

    केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए । 

    images
    images
    images

    पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।

    images
    images
    images

    नेता पौडेलले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी गरे । ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ’ उनले भने ‘त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’

    नेता पौडेलले अगाडि भने, ‘कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरुले यहीँबाट फर्किनुपर्‍यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो भने ।’

    एमाले विभाजन हुँदा माले पक्षकाले एक जना सांसदको नाम थप गर्न माग गर्दा आफूले नमानेको पनि पौडेलले बताए । पौडेलले दुखेसो गरे,‘तैपनि यस्तो आरोप पनि फेस गुर्नपर्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।