गुल्मी । गुल्मीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नम्बर २ तम्घासमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
काठमाण्डौ टोखा नगरपालिका २ निवासी ३५ बर्षिय मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख माधवराज खरेलले जानकारी दिए।
उनी रेसुंगा नगरपालिका– २ छापटोलास्थित विश्वास पुनको घरमा कोठा लिएर बस्दै आएका थिए । क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
भित्रबाट चुकुल लगाएको र पटकपटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा बिस्तारासहितको खाटमा मृत अवस्थामा फेला परेका थिए। घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको निमित्त प्रहरी प्रमुख खरेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology