Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने

images
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि  बस्दै छ ।

    images
    images
    images

    दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।

    images
    images
    images

    आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने एक नेताले बताए ।

    images
    images
    images

    उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए।

    नागरिकता विवादपछि सांसद र गृह मन्त्री पद गुमाएका रविले पुनः नागरिकता लिएपछि गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने बताउँदै आएका छन् ।

    नेकपा एमालेसमेतले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने अडान लिएको छ । रास्वापाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेको रास्वपाको बैठकले दुई दिन कुर्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।