Logo

२०८३, श्रावण ३०गते


images
images

इच्छाकामनामा बाँझो जमिनमा व्यवसायिक खेती गर्नेलाई १ करोड अनुदान

इच्छाकामनामा बाँझो जमिनमा व्यवसायिक खेती गर्नेलाई १ करोड अनुदान

images
  • सेतोमसी सहकर्मी
  • इच्छाकामनामा बाँझो जमिनमा व्यवसायिक खेती गर्नेलाई १ करोड अनुदान
    images
    images

    राजेश  पराजुली, चितवन । कृषि उत्पादनलाई जोड दिदै आत्मनिर्भर बन्न प्रेरित गरिरहेको चितवनको इच्छाकामना गाउँपालिकाले लामो समयसम्म बाँझो राखिएको जमिनलाई उपयोग गर्ने निति ल्याउने तयारी थालेको छ । जस अनुसार बाँझो जमिनलाई प्रयोगमा ल्याई उब्जाउ बनाई त्यसमा व्यावसायीक खेती गर्ने सामुहिक कृषि फर्महरुलाई अनुदान उपलब्ध गराउने गरी १ करोड रकम व्यवस्था गरिएको हो ।

    images
    images
    images

    गाउँपालिकाले उक्त रकम विशेष गरेर कम्तीमा ३ वर्ष भन्दा बढि समयदेखि बाँझो रहेको जमीनलाई उपयोगमा ल्याइ व्यावसायीक खेती गर्ने समूहलाई प्रोत्साहित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले जानकारी दिए । यो अनुदान कम्तीमा पनि १० बिगाहा भन्दा बढि बाँझो जमिन आफ्नै वा भाडामा लिई व्यावसायिक खेती गर्ने कृषि समूहलाई उपलब्ध गराईने उनले बताए ।

    images
    images
    images

    ‘यो अनुदान रकम कम्तिमा २ वा बढिमा ३ वटासम्म समूहलाई उपलब्ध गराउछौ’ उनले भने ‘अनुदान रकमबाट समूहले भाडा तिर्न, सिंचाई व्यवस्थापन गर्न, कृषि यन्त्र खरिद गर्न लगायतमा खर्च गर्न सक्नेछ ।’ अनुदान रकम वितरणको लागि गाउँपालिकाले यतिबेला कार्यविधि निर्माणको काम अन्तिम चरणमा पु¥याएको र छिट्टै पास गरेर कार्यान्यवन गरिने उनले बताए ।

    images
    images
    images

    यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा उपयोग विहिन हुदै गैरहेको बाझो जमिनको उपयोगमा जोड दिइ कृषि उत्पादनलाई बढावा दिने र युवाहरुलाई स्वदेशमै रही उत्पादनसँग जोड्ने प्रयास स्वरुप काम भैरहेको बताए । ‘हामी अधिकत्तम प्रयास गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाई कृषि उद्यमशील बनाउन लागिपरिरहेका छौ’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।