Logo

२०८३, श्रावण ३०गते


images
images

इच्छाकामना गाउँपालिकाद्वारा महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम

इच्छाकामना गाउँपालिकाद्वारा महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम

images
  • इच्छाकामना गाउँपालिकाद्वारा महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम
    images
    images

    राजेश पराजुली गण्डकी प्रदेश । चितवनको इच्छाकामना गाउँपालिकाले महिलाहरुका लागि व्यवसायिक चुरापोते , लाछेडोरी बनाउने तालिम शुभारम्भ गरेको छ । वडा नम्बर ३ फिस्लिङमा आज एक कार्यक्रमकाबिच तालिमको शुभारम्भ गरिएको हो ।

    images
    images
    images


    महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरापोते तथा लाछेडेरी बनाउने व्यवसायिक सीप सिकाई सम्बन्धी १५ दिने तालिमको शुुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

    images
    images
    images


    तालिममा १५ जना महिलाहरु सहभागि छन् । सहभागिहरुको मागमा आधारित व्यवसायिक चुरापोते तथा लाछेडोरी बनाउने तालिम आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ ।

    images
    images
    images


    वडा अध्यक्ष नर बहादुर नेपालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाकी पुर्व अध्यक्ष गीता कुमारी गुरुङ्गको समन्वयमा सुरु भएको तालिमको समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल,रिता नेपाल, महिला तथा बालबालिका शाखा प्रमुख पार्वती मगराती लगायतको पनि आतिथ्यता थियो ।


    १५ दिन सम्म चल्ने तालिमको निरु तिमिल्सेना र सम्झना नेपाल प्रशिक्षक छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।