गुल्मी । गुल्मीमा ट्याक्टरले किच्दा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको भण्डारीले बताए।
मृतक सु्वास लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन।सुवासलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology