Logo

२०८३, श्रावण ३०गते


images
images

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

images
  • त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन
    images
    images

    काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

    images
    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि उनलाई निलम्बन गरिएको बताइएको छ । निलम्बनसँगै मन्त्रालयले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिभुवन विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।