Logo

२०८३, श्रावण ३१गते


images
images

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

images
  • डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
    images
    images

    डोटी । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा  डोटी केआइसिंह–१ महादेवका जीप  चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको छ । उनीहरु दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
    समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र र  मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।

    images
    images
    images


    डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेको छ ।
    दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायलबाट प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको  टोली खटिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

    images
    images
    images

    घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राज जोशीको कमाण्डको  टोली घटनास्थल पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।