Logo

२०८३, श्रावण २७गते


images
images

इस्मा रास्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि रामराज्य माविलाई  

इस्मा रास्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि रामराज्य माविलाई  

images
  • इस्मा रास्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि रामराज्य माविलाई  
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा ३ दिन सम्म सञ्चालित रास्ट्रपति रनिङ्ग शिल्डकाे १० स्वर्ण , ८ रजत  कास्य ६ सहित वडा नम्बर ४ काे रामराज्य माध्यमिक बिद्यालय  २४ अङ्क लिएर इस्मा गाउँपालिकामा सञ्चालन भएको रास्ट्रपति रनिङ शिल्डकाे उपाधि हासिल गरेको  छ । 

    images
    images
    images

     कार्यक्रममा  दोस्रो पालुखा माध्यमिक बिद्यालय भएको छ जसले स्वर्ण ६ ,रजत ६ र कास्य २ गरि १४ अङ्क लिएको छ । त्यस्तै तृतीय वडा नम्बर ३ मा रहेको ठाडुङ्गा माध्यमिक बिद्यालय बनेको छ । ठाडुङ्गाले ५ स्वर्ण ,२ रजत र १ कास्य गरि  ८ अङ्क  सहित तृतीय बनेको छ । 

    images
    images
    images

    प्रथम बनेको रामराज्य माध्यमिक बिद्यालयले २० हजार नगद मेडल र प्रमाणपत्र पाएकाे छ । त्यस्तै सेकेन्ड हुने पालुखा माध्यमिक बिद्यालयले १६ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे छ त्यस्तै तृतीय हुने ठाडुङ्गा माध्यमिक बिद्यालयले १२ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे इस्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लाल बहादुर कुवरले बताएका छन् । उनले रास्ट्रपति रनिङ शिल्डमा ४ विधाका ३६ खेल सञ्चालन भएको र उक्त खेलमा ५ सय खेलाडीले भाग लिएको बताएका छन् । 

    images
    images
    images

    त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वति कुवरले गाउँपालिका भित्र रहेका बिद्यालयमा रहेका बिद्यार्थीकाे क्षमता फरक फरक ढङ्गले मुल्यांकन गर्न सकिने र उनिहरुकाे प्रतिभाकाे उच्च मुल्यांकन गरिने ठाउँ रास्ट्रपति रनिङ शिल्ड पनि भएकाले बिजित र उपबिजेता सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद दिएकि छन् । 

    त्यस्तै कार्यक्रमका सभाध्य तथा इस्मा गाउँपालिका अध्यक्ष भगत सिङ खण्डकाले याे कार्यक्रमलाइ सफल पार्न अनवरत खट्ने गाउँपालिकाका कर्मचारी र बिद्यार्थी उपस्थित बनाएर उनिहरुकाे प्रतिभाकाे पहिचान गराउन सहयोग गर्ने बिद्यालयहरुलाइ धन्यवाद दिएका छन् । 

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद खडक बस्नेतले गाउँपालिकाले गरेकाे यी कामहरु उदाहरणीय भएको बताए उनले । जनप्रतिनिधि पनि युवा जाेस जागर सहितका भएका कारण इस्मा गापाले मुहार फेर्ने कुरामा बिस्वस्त भएको बताए

     

    कार्यक्रम फाल्गुन ३,४ र ५ गते   गरि तीन दिन सम्म सञ्चालन भएको हाे ।  गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थलमा रहेको आन्नदपुर माध्यमिक बिद्यालयमा  ३ र ५ गते र ४ गते वडा नम्बर २ काे पालुखा माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन भएको हाे ।
    ४ विधाका ३६ खेलमा  ५ सय खेलाडी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।