काठमाडौं । कास्कीको डाँडाकोनाकमा यात्रुबाहक बस खोल्सामा खसेको छ । बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस पोखरा महानगरपालिका–२७ डाँडाकोनाक प्रहरी चौकी नजिकै खोल्सामा खसेको हो । ग २ ख ६७४७ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो ।
अहिले घाइतेको उद्धार भइरहेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । बसमा कति जना सवार थिए खुलेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology