Logo

२०८३, आश्विन १७गते


images
images

राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्छ : दुर्गा प्रसाईं

राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्छ : दुर्गा प्रसाईं

images
  • राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्छ : दुर्गा प्रसाईं
    images
    images

    धनगढी । व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुनु पर्ने बताएका छन् । आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारवाहीमा परेको दुखेसो पोख्दै उनले राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने दाबी गरेका हुन् ।

    images
    images
    images

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान सुरु गरेका प्रसाईंले बुधबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुभयो । उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नु भएको छ । उहाँलाई कारबाही हुनु पर्ने होइन र ?’

    images
    images
    images

    उनले सीमित व्यापारी र नेताका कारण देश समस्यामा रहेको बताउँदै त्यसविरुद्ध लड्न तयार हुनुपर्ने बताएका छन् । उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै साथ दिन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भने, ‘कि तपाईंहरू डोरी लिएर पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तीसँग लड्न तयार हुनुहोस् । यहाँ ५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुबईमा भिल्ला किनेर राखेका छन् । सबै मिलेर लडौँ नत्र बाँच्ने छैनौँ ।’

    त्यस्तै उनले नेपालका युवाहरू बेदेश जान थालेको बताउँदै अबको १० वर्षमा मुलुक खाली हुने समेत जिकिर गरे । जसको लागि पनि २० गतेदेखि थालेको आन्दोलनमा सरिक उनले अपिल गरे । उनले गरिब नेपालीहरूले सहकारीमा जम्मा गरेको पैसा लिएर सञ्चालक फरार रहेको भन्दै तिनलाई कारबाहीको समेत माग गरे ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।