Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्रपतिमा नेकपा एसको दाबी, प्रचण्डले दिएनन् 'ग्रिन सिग्नल'

राष्ट्रपतिमा नेकपा एसको दाबी, प्रचण्डले दिएनन् 'ग्रिन सिग्नल'

images
  • राष्ट्रपतिमा नेकपा एसको दाबी, प्रचण्डले दिएनन् 'ग्रिन सिग्नल'
    images
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको छ । सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटमा नेकपा एसले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने प्रस्ताव राखेको हो ।

    'नेकपा एसले राष्ट्रपतिमा दाबी गरेको छ,' बैठकमा सहभागी एक नेताले भने । उक्त प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले सबै दलसँग छलफल गरेर सहमतिमा अगाडि बढ्ने बताएको ती नेताले बताए ।

    images
    images
    images

    नेकपा एसले राष्ट्रपतिमा दाबी गरे पनि नाम भने बताउन चाहेन । 'हामीले पाउने भयौँ भने नाम सार्वजनिक गर्छौं,' नेकपा एसका एक नेताले भने ।

    images
    images
    images

    यद्यपि, नेकपा एसबाट राष्ट्रपतिमा अध्यक्ष माधव नेपालको चर्चा छ । बैठकपछि अध्यक्ष नेपालले राष्ट्रपति को हुने भन्ने कुरो ठूलो नरहेको बताए । 'अनेक अप्सन छ । त्योमध्ये बेस्ट अप्सन पुरानो गठबन्धन ब्युँत्याउने हो । विभिन्न अप्सननमा छलफल छलिरहेको छ', नेपालले भने, 'उम्मेदवार सहमतिमा हुन्छ ।'

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले पनि सहमतिमै उम्मेदवार टुंगो लगाउने बताए । पुरानो गठबन्धन ब्युँतिन लागेको ? हो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, 'होइन फाइनल छैन । १३ गतेसम्म टुंगो लाग्छ ।'

    आज ४ बजे फेरि बैठक बस्ने तयारी छ । पुरानै गठबन्धन ब्युँताउने गरी छलफल चलिरहेको नेताहरूको दाबी छ । 'यही पेरिफेरिमा छलफल अगाडि बढेको छ । साँझसम्म केही निर्णय आउन सक्छ,' नेकपा एसका एक नेताले भने ।

    तर, उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पुरानो गठबन्धन ब्युँत्याउने निष्कर्षमा नपुगिएको बताउँछन् ।

    'गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगेका छैनौँ । प्रधानमन्त्रीले एमाले अध्यक्षसँग नि छलफल गरिरहनुभएको छ । सबै दलहरूसँग छलफल चलिरहेको छ,' श्रेष्ठले भने । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।