Logo

२०८३, श्रावण ३१गते


images
images

नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने

नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने

images
  • नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने
    images
    images

    काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।

    images
    images
    images

    आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।महाधिवेशन काठमाडौंमा गरिने उनले बताए ।

    images
    images
    images

    त्यस्तै, उनले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको बताए । यसैगरी यही मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उनले जनाए । त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिए 

    images
    images
    images

    त्यस्तै, विधानबारे छलफलका लागि उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइएको उनले बताए । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको खतिवडाले जानकारी दिए ।

    उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।