चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको नाम सुन्दा धेरैकाे हाेसहवास गुम्न थालेकाे बताएका छन ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले नेकपा एसको नाम सुन्ने वित्तिकै नेताहरुको होसहवास गुम भइरहेको बताएका हुन् ।
कतिपय मान्छे र पार्टीले नेकपा एस भनेर नाम समेत सुन्न नचाहेकाे उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय सभाको चुनावमा सँगसँगै उम्मेदवार बनाएर सबै ठाउँमा जितेर देखाइदिन्छौँ, उपनिर्वाचनमा पनि जितेर देखाउँछौँ, कतिपय मान्छे, पार्टीको सातो गैसकेको छ, नेताहरुको होसहवास गुम भैसकेको छ, यो सबै गर्ने नेकपा एस भनेर नाम सुन्न चाहदैनन्, नाम सुन्दा थरथर काम्न थाल्छन् ।’
उनले एकीकृत समाजवादीमा नेता-कार्यकर्ताको आकर्षण बढेको पनि दावी गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology