Logo

२०८३, श्रावण ३१गते


images
images

रोजेकै मन्त्रालय चाहिने नेकपा एसको दाबी

रोजेकै मन्त्रालय चाहिने नेकपा एसको दाबी

images
  • रोजेकै मन्त्रालय चाहिने नेकपा एसको दाबी
    images
    images

    काठमाडौँ । नेकपा एसले आफुहरुले रोजेकै मन्त्रालय चाहिने भन्दै दाबी गरेका छन् ।उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एसले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गरेको छ ।

    images
    images
    images

    एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए ।

    images
    images
    images

    ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’

    images
    images
    images

    नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।