Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : आउ साथी ओखतीको व्यापार गरौं

कविता : आउ साथी ओखतीको व्यापार गरौं

images
  • कविता : आउ साथी ओखतीको व्यापार गरौं
    images
    images

    कविता : आउ साथी ओखतीको व्यापार गरौं

    images
    images
    images

    हिमालको चिसो सिरोटो देखि
    तराईको तातो बगर सम्म
    गरिबको झुपडी देखि
    धनीहरुको महल सम्म
    कतै रोग देखाएर गरौं
    कतै रोग लुकार गरौं
    आउ साथी ओखतीको ब्यापार गरौं ।

    images
    images
    images

    कतै सेतो कोट लगाएर गरौं
    कतै सिभिल मै गरौं
    कतै लाइसेन्स लिएर गरौं
    कतै बिना लाइसेन्स नै गरौं
    कोहिलाई नाडी छामेर गरौं
    कोहिलाई घाँटी छामेर गरौं
    आउ साथी ओखतीको ब्यापार गरौं ।

    images
    images
    images

    कोहिमा लोगो टाँसेर गरौं
    कोहिको लोगो च्यातेर गरौं
    नेपाली ब्राण्डमा भारतीय प्रिन्ट गरौं
    भारतिय ब्राण्डमा बेलायती प्रिन्ट गरौं
    कहिले झोला भिरेर गरौं
    कहिले सटर खोलेर गरौं
    आउ साथी ओखतीको व्यापार गरौं ।

    कोहीले डाक्टरसंग मिलेर गरौं
    कोहिले अस्पतालसंग मिलेर गरौं
    कतै सरकारसंग मिलेर गरौं
    कतै हाकिमसंग मिलेर गरौं
    कतै दाँत ङिच्च देखाएर गरौं
    कतै दारा ह्वाङ् देखाएर गरौं
    आउ साथी ओखतीको ब्यापार गरौं ।

    मुटु नभएकालाई अत्याएर गरौं
    मुटु भएकालाई पट्याएर गरौं
    कोहिलाई कलेजो बिग्रीयो भनेर गरौं
    कोहिलाई फोक्सो कुहियो भनेर गरौं
    मरेकालाई जिउँदो भनेर गरौं
    जिउँदोलाई मर्यो भनेर गरौं 
    आउ साथी ओखतीको ब्यापार गरौं
    आउ साथी ओखतीको ब्यापार गरौं ।

    - रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।