Logo

२०८३, श्रावण ३०गते


images
images

दीपक मनाङ्गे यु-टर्नको पछाडि बिद्वानको प्रेरणा !

मनाङ्गेसंगको फोटो राख्दै बाबुरामले भने, 'रत्नकरलाई वाल्मीकी बन्ने अवसर दिईनुपर्छ'

मनाङ्गेसंगको फोटो राख्दै बाबुरामले भने, 'रत्नकरलाई वाल्मीकी बन्ने अवसर दिईनुपर्छ'

images
  • मनाङ्गेसंगको फोटो राख्दै बाबुरामले भने, 'रत्नकरलाई वाल्मीकी बन्ने अवसर दिईनुपर्छ'
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजीव गुरुङ्गहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने तर्क राखेका छन् । राजीव गुरूङ ( दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र भट्टराईसँग पनि भेटेपछि विभिन्न टीकाटिप्पणी भएको बताउँदै उनले यसलाई अन्यथा मान्न नहुने धारणा राखेका छन् । 

    images
    images
    images

    उनले आइतबार फेसबुकमा प्रश्न गर्दै लेखेका छन्,‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’ 

    images
    images
    images

    मान्छे जन्मजात अपराधी नहुने र समाज, राज्यले मान्छेलाई अपराधी बनाउने भट्टराईको तर्क छ । उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ । साथै, वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।’

    images
    images
    images

    उनले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको स्मरण गरेका छन् छन् ।

    भट्टराईले भनेका छन्, ‘मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।’

    स्मरण रहोस् , बिहीबार  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए । मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो । उनै मनाङेको साथ पाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पोखरेलले उनलाई शनिबारै विना विभागिय मन्त्री बनाइसकेका छन् । 

    Screenshot_20210613-100925_Lite.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।