रमेश बहादुर सिंह, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनु भन्दा अगाडी राष्ट्रिय गान गाएर सुरुवात गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गणमा उभ्याएर राष्ट्रियगान गाउन लगाएर काम सुरु गरेको हो ।
कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायि बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागी प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उदेस्यले कार्यक्रमको थालनी गरिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भने, “ यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भई, लगनशिलता, काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”।
उनले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुसासित हुन टेवा पुग्ने बिश्वास रहेको बताए । लाईनमा बसेर राष्ट्रियगान गाउँने सबै कर्मचारीहरुले आफ्नो कर्मचारी परिचय पत्र , सरकारी कर्मचारीले लगाउने पोषाक लगाएर उपस्थित भएका थिए । जिल्ला प्रशासन कार्यालयको यस रचनात्मक काम प्रति सेवाग्राही समेत खुशी भएका छन् ।
बिगतका बर्षहरुमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहँुदा घण्टौसम्म नागरिकता लिन तथा राहदानीको काम गर्न समेत कर्मचारीलाई कुरेर बस्नु पर्ने अबस्था हुन्थ्यो । कर्मचारीले आफ्नो समयमा उपस्थित भई सेवा प्रवाह समेत छिटो छरितो भरपर्दो हुने स्थानीय सेवाग्राहीहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेको जिल्ला आगवनपछि कार्यालयको प्रशासनिक समेत सुधार हुन लागेको समेत स्थानीयको भनाई छ । सरकारी कार्यालयले यसरी रचनात्मक काम गरेर आम नागरिक प्रति जवाफदेही बनेको खण्डमा लोकतन्त्र समेत अझ बलियो हुने स्थानीय जागदीस रोकायाले बताए ।
उनले सरकारी कार्यालयमा मुस्कान सहितको सेवा दिने भनिएको भएपनि कतिपय कार्यालयहरु क्र्मचारीको ढिला सुस्ती , अनाबस्यक बिदामा बस्ने लगायतका गैरकानुनी कार्यले सेवा प्रवाहमा समेत समस्या हुने गरेको देखिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology