Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व’रामचन्द्र पौडेल

नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व’रामचन्द्र पौडेल

images
  • सेतोमसी सहकर्मी
  • नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व’रामचन्द्र पौडेल
    images
    images

    राजेश  पराजुली, पोखरा ।  राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    उनीहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएको व्यक्तित्व भएको चर्चा गरे । कार्यक्रमका वक्ताहरूले आशन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपति पदमा विजयी हुने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सातदशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत वरिष्ठ नेता पौडेल नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व भएकाले उनलाई आठ दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइएको बताए । 

    images
    images
    images

    राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमतिको प्रयास गरिएपनि त्यो सम्भव हुन नसकेको बताउँदै उनले आठ दलबीच सहमति भएर उम्मदेवारी प्रस्तुत गरेको बताए । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि पनि दलहरूबीचको यो एकता प्राप्त उपलब्धिको रक्षा, मुलुकको स्थिरता र स्थायित्व कायम गर्नका लागि निरन्तर कायम रहेन उनको भनाइ थियो । 

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले यो गठबन्धन केबल निर्वाचनमा मतदानका लागि मात्र नभई देशको समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि भएको बताए । उनले आठ दलीय गठबन्धनमा अन्य दल पनि थपिने सम्भावना रहेको बताए । 

    नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउन प्रदेशका गठबन्धनमा रहेका दलहरू सबै प्रतिबद्ध भएको बताए ।

    नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले राष्ट्रपतिका उम्मेदवार पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व एवं अभिभावक भएको बताए ।

    गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले निर्वाचनपछि केही समय अलमलजस्तो बनेको देशको राजनीति अहिले प्राकृतिक बाटोमा अघि बढेको बताए । आठ दलका साझा उम्मेदवार पौडेललाई अत्यधिक मतसहित विजयी गराउन दलहरू एकताबद्ध भई अघि बढ्ने उनको भनाइ थियो । 

    नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले लामो समयदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका पौडेलको उम्मेदवारी गण्डकी प्रदेशका लागि पनि गौरवको विषय भएको बताए । 

    कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलका प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।