Logo

२०८३, श्रावण ३०गते


images
images

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए कांग्रेसको साधारण सदस्यबाटै राजीनामा

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए कांग्रेसको साधारण सदस्यबाटै राजीनामा

images
  • नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए कांग्रेसको साधारण सदस्यबाटै राजीनामा
    images
    images

    काठमाडौं ।  राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।

    images
    images
    images

    कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

    images
    images
    images

    पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।

    images
    images
    images

    ‘उहाँले पार्टी सदस्यबाट अलग भएको लिखित जानकारी केन्द्रीय कार्यालयमा पठाउनुभएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने।

    राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ।

    नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्ने तयारी छ। 

    पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।