Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनको ११ क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले फोड्यो

चितवनको ११ क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले फोड्यो

images
  • चितवनको ११ क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले फोड्यो
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश , चितवन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको राजनीतिक दल र सुरक्षा निकायको बैठकले स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । सोहि अनुसार विभिन्न दलका विद्यार्थी संगठनले क्याम्पसहरुमा लगाएको ताला आज बिहान सम्म खोल्न सम्बन्धित दलले निर्देशन दिने बताइएको थियो ।

    images
    images
    images

    प्रशासनले पनि एक सूचना जारी गरी तालाबन्दी हटाउन अनुरोध गरेको थियो । दलको निर्देशन र प्रशासनको आग्रहपछि पनि ताला नखोलिएपछि प्रशासनले प्रहरी लगाएर ताला फोरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।