जनकपुर । मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला धनुषा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ ।
अगरियालाई जसपा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका हुन् । जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले पनि उनलाई स्वागत गरेका छन् ।
जनकपुरको भानु चोकमा रहेको घर पुगेपछि उनलाई आफन्तले स्वागत गरेका थिए । उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । उनले जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology