Logo

२०८३, श्रावण ३०गते


images
images

एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु

एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु

images
  • सेतोमसी सहकर्मी
  • एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु
    images
    images

    राजेश  पराजुली, पोखरा । तेश्रो सस्करणको एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारी सुरु भएको छ । यहि अप्रिल १ र २ तारिख अर्थात चैत्र १८ र १९ गत पोखरामा प्रतियोगिता हुने भएको हो । एसिया कप तयारीका लागि नेपाली टिमको आइतबारबाट बन्द प्रशिक्षण सुरु भएको छ ।

    images
    images
    images

    यस प्रतियोगिताका टिम म्यानेजर सन्दिप अर्यालले नेपाली टिमले एक साता पोखरामा बन्द प्रशिक्षण गर्ने बताएका छन् । पौडी, साइक्लिङ र दौडको समिश्रण रहेको ट्राइयाथलन पछिल्लो समय पोखराको हव समेत बन्दै गएको छ ।

    images
    images
    images

    पोखराको फेवा ताल केन्द्रित हुने यस प्रतियोगिताका लागि १६ भन्दा वढि देशका खेलाडीहरु पोखरा आउने तयारी गरेको संघका केन्द्रिय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    अध्यक्ष श्रेष्ठका अनुसार यस प्रतियोगितासँगै राष्ट्रियस्तरको च्याम्पियनसिपको तयारी समेत गरेको बताएका छन् ।प्रतियोगितामा आयोजक नेपाल सहित भारत, वंगालादेश, पाकिस्तान, जापान, स्लोभाकिया, अस्ट्रेलिया, युएई, न्यूजिल्याण्ढ, उरुग्वे, काजाकास्तान, लक्जमवर्ग, उज्वेकिस्तान, मरिसस, अल्जेरिया, मोरोक्को, अस्ट्रीयालगायतका मुलुकबाट महिला र पुरुष गरी करिव ९० जना खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।