Logo

२०८३, श्रावण ३०गते


images
images

एसिया कप

नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न २ बजेदेखि जनकपुरका सबै विद्यालयमा विदा

नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न २ बजेदेखि जनकपुरका सबै विद्यालयमा विदा

images
  • नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न २ बजेदेखि जनकपुरका सबै विद्यालयमा विदा
    images
    images

    जनकपुरधाम । नेपाल र पाकिस्तानबीच आज श्रीलंकामा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई अकास्मिक विदाको सूचना जारी गरेको छ ।

    images
    images
    images

    आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिन सूचना सूचना जारी गरेको हो ।

    images
    images
    images

    जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे अकास्मिक सूचना जारी गरेका हुन् ।

    images
    images
    images

    ‘प्रस्तुत विषयमा सिमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको हुनाले आज नेपाल र पाकिस्ता संग एशिया कपको पहिलो खेल ३:०० बजे देखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८०/०५/१३ गतेका दिन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गरिदिनहुन आदेशानुसार अनुरोध छ’ सूचनामा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।