बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा ओलीले सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताए । मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।
‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,' ओलीले भने ।
ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने ओलीको भनाइ छ । आम नागरिकहरू बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने उनको भनाइ छ ।
'अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन,' ओलीले भने, 'मिटरब्याजको पीडित जो भएको छ, उनीहरूले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्ने भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ ।'
ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएको बताए । अबदेखि वार्षिक क्यालेण्डरका रूपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिए क्यालेन्डरबाट हटाइने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology