Logo

२०८३, श्रावण ३०गते


images
images

बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रचण्ड

बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रचण्ड

images
  • बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रचण्ड
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका छन् ।

    images
    images
    images

    'बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ,' प्रचण्डले भने, 'राजश्व संकलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्स लगायतका काममा विगतको झन्झट हटेका छन् । यसलाई ठीक ढंगले बुझेर जनतामा लैजाउँ ।'

    images
    images
    images

    सुशासनका क्षेत्रमा पनि महत्त्वपूर्ण काम भएको प्रचण्डको भनाइ छ । 'सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,' प्रधानमन्त्रीले भने, 'एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो। त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।'

    महिलाहरूको वीरता र बलिदानबाटै नेपालमा परिवर्तन आएको उनले बताए । 'नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको छ,' प्रचण्डले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।