Logo

२०८३, श्रावण ३१गते


images
images

मुख्यमन्त्री अधिकारीले भने ‘शिलालेखमा होइन इतिहासमा नाम लेखाउन मन छ’

मुख्यमन्त्री अधिकारीले भने ‘शिलालेखमा होइन इतिहासमा नाम लेखाउन मन छ’

images
  • मुख्यमन्त्री अधिकारीले भने ‘शिलालेखमा होइन इतिहासमा नाम लेखाउन मन छ’
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ताको मोह नभएको भन्दै आफ्नो तारिफ गर्दै शिलालेखमा नभएर इतिहासमा नाम लेखाउन मन भएको बताएका छन् । 

    images
    images
    images


    आज मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले तीन वर्ष अगाडि प्रदेशले सुरु गरेर सम्पन्न भएको योजनाको उद्घाटन गरेर प्रदेशको संरचनाको किन आवश्यक छ भन्ने औचित्यको पुष्टि गरेको बताए । 

    images
    images
    images


    ‘प्रदेशले तीन वर्ष पहिले सुरु गरेका योजना केही सम्पन्न भएका थिए केही सम्पन्न हुँदै छन, मुख्यमन्त्री अधिकारीले भने, ‘सम्पन्न भएका योजनाको उद्घाटन गर्दा शिलालेखमा मेरो नाम लेखिन्छ भन्ने थाहा थिएन, लेखियो धन्यवाद छ, मेटाउन मिल्ने भएन, नाम लेखाउन इतिहासमा मन छ शिलालेखमा  होइन ।’

    images
    images
    images


    आफुमा कुनै सत्ता मोह नभएको भन्दै मुख्यमन्त्री अधिकारीले संविधानका रक्षाका निम्ति नै २९ दिनमा विश्वासको मत लिन लागेको उल्लेख गरे । 
    ‘सत्ताको मोह छैन, संविधानमा जे उल्लेख छ त्यही अनुसार अगाडि बढेको छु, उनले भने, राजनीतिक दलले राजीनामा दिन सुझाव दिने, संविधान निर्माण गर्दाको क्याबिनेत मिनिस्टर हुँ, त्यसैले २९ औं दिनमा विश्वासमा मत मागेको हुँ ।’
    उनले प्रदेश सभाको दोस्रो निर्वाचनपछि प्रदेशको नेतृत्व गर्दा जनताको भावनालाई कदर गर्दै मन्त्रालय घटाएको बताए ।  
    ‘जनताको भावनालाई सम्बोधन गर्दै १२ मन्त्रालयबाट प्रदेशमा ७ मन्त्रालय कायम गरेको छु, उनले भने, ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्रमुख राख्दै निःशुल्क डायलासिस सेवा विस्तारसँगै स्तरोन्नती गरिएको छ ।’
    गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआउँदा मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
    उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ । 


    प्रदेश सभाको दोसा्रे निर्वाचनपछि नेकपा माओवादी, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


    ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।