राजेश पराजुली, पोखरा । पोखरा नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभा सम्पन्न भएको छ । साधाराण सभाको गण्डकी प्रदेशका नवनियुक्तमुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्याटन गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु, पाण्डेले भने ।
मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको भन्दै रेडक्रसको नेतृत्व गर्नेहरुमा समस्या देखिएको बताए । ६० वर्ष सम्म मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्ने पाण्डेले जोड दिए ।
कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।
रेडक्रस बागमगीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले नेपाल रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा संचालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको भनाई राखेकी थिइन् ।
तनहुँ रेडक्रसका सभापति प्र.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जेड्नुपर्ने बताए ।युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफुले सिक्ने अवसर पाएको बताइन् ।नेपाल पात्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सीनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने बताइन् ।
कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगद ५ हजारले सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहन सिंह खड्का रहेका छन् ।
साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक देवीलाल शर्मा तिमिल्सीनाले लेखा प्रतिवेदन पेश गरेका थिए ।साधारण सभाको समापन गदै अध्यक्ष सूर्य प्रसाद ढकालले प्रदेशको भूमिकालाई बढाउन आवश्यक रहेको बताए । मानवीय मुल्य र मान्यता
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology