केही शीतहरू
'शीत ' कविता विधाको लघुतम नव उपविधा हो । यो चार पंक्तिमा २/२ अक्षरका दरले जम्मा ८ अक्षरमा लेखिन्छ । शीत काव्य समाजले यसको व्यापीकरण गर्दैछ । केहि सर्जकहरूद्वारा लेखिएका केही शीतहरू यसप्रकार छन् :-
प्रीत
भरी
पर्यो
शीत
- अथक( पाल्पा )
माया
वारि
प्रेम
पारी
- आर्त अकुलीन (कैलाली)
जाल
झेल
सत्ता
खेल
- कृष्ण के सी (काठमाडौं)
दु:ख
पर्यो
आँसु
झर्यो
- दामोदर ढकाल( भोजपुर )
केहो
जोहो
अब
त्योहो
- सीता बिष्ट कार्की'सीबिका' (काठमाडौं )
फूल्यो
तोरी
मन
चोरि
- इन्दिरा गौतम ( भारत)
काम
दाम
हाम्रो
नाम
- नारायण कोइराला ( यु.ए.ई.)
आलो
पालो
हुन
थालो
- इन्दिरा ज्ञवाली (पाल्पा)
शीत
शुरू
लेखौ
गुरु
- सुरेशचन्द्र घिमिरे (लमजुङ)
बास्यो
डस्यो
हास्यो
खस्यो
- चन्द्रकला अधिकारी (फिदिम)
नेता
तुष
स्वार्थ
भ्रष्ट
- रोहित ज्ञवाली (पाल्पा )
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology