Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

देवदह माविले संशोधन गर्यो नगरपालिकाको शैक्षिक क्यालेन्डर

देवदह माविले संशोधन गर्यो नगरपालिकाको शैक्षिक क्यालेन्डर

images
  • देवदह माविले संशोधन गर्यो नगरपालिकाको शैक्षिक क्यालेन्डर
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नम्बर ७ स्थित देवदह माध्यमिक विद्यालयले नगरपालिकाको शैक्षिक क्यालेन्डर संशोधन गरि लागु गर्ने निर्णय गरेको छ। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले नगरपालिकाले दिएको सार्वजनिक विदामा कटौती गर्दै क्यालेन्डर संशोधन गरेर लागु गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    विद्यार्थीको सिकाईलाई ध्यान दिंदै  शैक्षिक सुधारको लागि नगरपालिकाको शैक्षिक क्यालेन्डर संशोधन गरि लागु गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले बताए । विद्यालयले गरेको निर्णयबारे सेतोमसीसंग कुरा गर्दै अध्यक्ष खरेलले भने - "देवदह नगरपालिकाको शैक्षिक क्यालेण्डरमा जे उल्लेख गरीएता पनि विद्यालयले सो क्यालेण्डरलाई संशोधन गरी निश्चित सार्वजनिक विदाको दिनमा मात्र विद्यालय विदा गर्ने  अन्य दिनहरुमा (शनिवार बाहेक) कक्षा संचालन गर्नेछ।"

    images
    images
    images

    देवदह मा.वि.jpg

    images
    images
    images

    विद्यालयद्वारा संशोधित क्यालेन्डर अनुसार शनिबार बाहेक बैशाख १८, असोज १, २, ३, कार्तिक ४ देखि मंसिर ३ गतेसम्म (दशैँ विदा) र माघ १ गते मात्र विद्यालय विदा हुनेछ। यसरी हेर्दा जेष्ठ, असार, श्रावण, भाद्र, पौष, फागुन र  चैत्रमा शनिबार बाहेक विद्यालय विदा हुनेछैन। 

    व्यवस्थापन समितिको बैठकले यस शैक्षिक सत्रको बर्षे विदा दशै-तिहारको विदामा समायोजन गर्दै यसपटक बर्षे विदा नगर्ने तर शिक्षकहरुलाई अति-आवश्यक विदा लिन  परेमा प्रधानाध्यापकको पूर्व स्विकृती लिइ बढीमा छ (६) दिन विदा लिन सकिने र सो विदा बर्षे विदामा नै समायोजन गर्ने निर्णय समेत गरेको छ ।

    त्यसैगरी शुक्रबारका दिन हाफ विदा नगरी टिफिन टाईम पश्चात अतिरीक्त क्रियाकलाप संचालन गर्ने, शुक्रबारका दिन पाँच दिनसम्म अध्यापन गराएको एकाइहरुको युनिट परीक्षा लिने र युनिट परीक्षाको लागि प्रत्येक विद्यार्थीहरुलाई विषयगतरुपमा कापि ल्याउन लगाई सोही कपिमा परीक्षा दिने र उक्त कपि कक्षा शिक्षकले विद्यालयमा नै सुरक्षित राख्ने निर्णय समेत विद्यालयले गरेको छ। 

    त्यसैगरी अतिरीक्त कक्षा संचालन र  व्यवस्थापनको जिम्मा विद्यालयका सहायक प्रधानाध्यापकलाई दिने निर्णय गर्दै विद्यालयले विद्यार्थीलाई कमजोर, मध्यम र उच्च क्षमता भएको गरि तीन तहमा विभाजन गरि अतिरिक्त कक्षा संचालन गर्ने निर्णय गरेको छ । जुन निम्नानुसार छ:

    • विद्यार्थीहरुलाई क्षमताको आधारमा तीन वटा समुहमा कमजोर, मध्यम र उच्च क्षमता भएको विद्यार्थीमा विभाजन गरी वर्गाीकरण गर्ने ।
    • कक्षा ५ देखि माथिका कमजोर विद्यार्थीहरुलाई जेष्ठ १५ देखि विषयगत रुपमा शिक्षकहरुको समय तालिका बनाइ दिनमा २ घण्टा अतिरीक्त कक्षा संचालन गर्ने ।
    • मध्यम स्तरका विद्यार्थीहरुलाई मंसिरको पहिलो हप्ता देखि अतिरीक्त कक्षा संचालन गर्ने ।
    • उच्च क्षमता भएका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता अनुरुप अतिरीक्त कक्षा संचालन गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।