Logo

२०८३, श्रावण ३०गते


images
images

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ६७ हजार परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ६७ हजार परीक्षार्थी सहभागी हुँदै

images
  • कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ६७ हजार परीक्षार्थी सहभागी हुँदै
    images
    images

    काठमाडौं । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।

    images
    images
    images

    कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    images
    images
    images

    परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको शर्माले जानकारी दिए । 'परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्‍याइएको छ', शर्माले भने ।

    यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।