Logo

२०८३, आश्विन ११गते


images
images

पाठक पत्र: रेसुङ्गाका मेयरलाई दोस्रो पत्र

पाठक पत्र: रेसुङ्गाका मेयरलाई दोस्रो पत्र

images
  • पाठक पत्र: रेसुङ्गाका मेयरलाई दोस्रो पत्र
    images
    images

    नगरमा खिलध्वजको आगमन संगै फेरिँदै छ गुल्मीको मुहार
     प्रश्न र जवाफ यसरी खडा हुन्छ यहाँ देखि यसरी 
    आखिर को हुन त खिलध्वज पन्थी ?
    जवाफमा आउँछ वर्तमान समयमा उनी राजनैतिक रूपमा गुल्मी जिल्ला नेपाली कांग्रेसका पार्टी सभापति हुन् भने रेसुङ्गा नगर पालिकाका नगर प्रमुख समेत हुन्।
    उनी मेयर हुनु पूर्व देखि अहिले सम्म सधैं न्यायको लागि विकासको लागि धेरै चुनौती गरेका आदरणिय व्यक्तित हुन् भने त्यसै गरी विभिन्न विकास निर्माणका लागि योजना पारी गुल्मेलीको विकासका लागि पहल गर्ने सरल , भद्र, सान्त, निष्पक्ष,सहयोगी एक राजनैतिक दलमा हुनु पर्ने गुण देखि असल व्यक्तिमा हुनुपर्ने गुणले भरिपूर्ण सालिन व्यक्ति हुन् खिलध्वज।

    images
    images
    images

    नेता भनेकाे नै नेतृत्व गर्ने गर्न सक्षम क्रिटिकल सोचाइ भएका व्यक्ति हुन् । एउटा घरमा घरको नेता जसरी आमा बुवा बनेर घरको स्थिति मिलाएका हुन्छन् त्यसरी देशका नेताले जनताको स्थितिमा सुधार ल्याउँदै विकासको पहल गर्छन ।के नेतालाई जनता प्रति माया हुन्छ त ? अवश्य हुन्छ जसरी घरमा आमा बुवा लाई सन्तानको तनाव र घरको जिम्मेवारी चासो हुन्छ तनाव हुन्छ ती नेता लाई पनि त्यसरी नै हुन्छ । नेताका सन्तान भनेका जनता हुन् ।

    images
    images
    images

    घर सञ्चालन गर्नु र देश गर्नु अलि गारो भने छ । सानो परिवारमा आफ्नै सन्तानको मन् चित्त बुझाउन सकिंदैन भने हजारौं ,करोडौंमा सबै जनताको मन् बुझाउन कठिन छ नै केहीको नबुझेको भए पनि धेरै लाई मन् पर्ने र जनताकै फाइदाजनक काम हेर्नु नेता को कर्तव्य हो भनेर बुझ्न सकिन्छ ।

    images
    images
    images

    न्याय नपाएका दुखी ,गरीब व्यक्ति र जनताको लागि भगवान हुन खिलध्वज । उनी राजनैतिक क्षेत्रमा आफ्नो पहिचान बनाएंर अब्बल भए पनि कहिले पनि जनता प्रति राजनैतिक रूपमा विभेद गरेनन् उनी विकास चाहन्छन् ।

    उनी नकारात्मक प्रवृति प्रति सधैं चेतावनी गर्छन त्यसैगरी यिनले घुसखोरी ,अन्याय अत्याचार प्रति सधैं घोर बिरोध गर्छन । उनी सबैको घरमा चुलो बलेको देख्न चाहन्छन् । उनको यो व्यक्तिगत गुण जति लेखेपनि सायद कम हुन्छ्न् यो मैले भन्दा पनि सयौ जनताले बोलेको आवाज हो । 

    खिलध्वज पन्थी रेसुङ्गाका मेयर हुन्  तर यिनले रेसुङ्गा लाई मात्र होइन सिंगो जिल्ला लाई नै विकासको लागि अनेकौं बाधा पार गर्दै विकासको निम्ति पहल गर्दै छन् । विकास गर्ने क्रममा अवरोध गर्ने हरु तथा अवरोध आउँछन् । अनेकौं समस्याहरु उनी सबै सहजै रूपमा समाधान गर्दै अघि बढ्दै छन्। पन्थीको जागर जोस वर्तमान समयमा काठमाडौंका चर्चित मेयर बालेन्द्र शाह भन्दा कम छैन यानिकी उनी भन्दा कम छैनन् । ठाउँ परिवेश परिस्थिति अनुसार फिल्डमा आफै खटिएर काम गर्दै आएका छन्।

    पदिय जिम्मेवारी पाएको एक वर्षमा नै रेसुङ्गा र समग्र जिल्लाले  मुहार फेर्दै छ। कहिले नगर सरसफाईमा आफै हिडेका छन् त कहिले सडक बालबालिका वर्षौं देखि ओजेलमा परेका लाइ ब्यबस्थपान उचित बसाई र शिक्षामा पहल गरे ।

    यसै गरी सुन्दर नगरीमा रहेको क्याम्पस प्रति बजेट विनियोजित गर्दै छात्रावास भवन निर्माण गर्न पहल गरे । कहिले अस्पतालमा विभिन्न सामग्री हस्तान्तरण गर्दै जनतालाई लाभ लिने खालका कार्यक्रम राखे ।

    उनको पहलमा हिँड्न नसक्ने असक्त अपाङ्ग लाई घरमै गएर पनि पंजीकरण तथा प्रशासनिक कार्यबाट दिने सेवा घरमै दिए । शिक्षा ,स्वास्थ,खानेपानी तथा पर्यटन यिनका मुख्य एजेण्डा हुन्। शिक्षा र स्वास्थ्यमा मात्र होइन पर्यटन विकासमा यिनले रेसुङ्गा , गर्जुरा लगायत विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रमा विकासको निम्ति समन्यवन र पहल गरे। सडक पूर्वाधारको लागि पहल गरे र गर्दै छन् । गुल्मी जिल्लाका बाटो नपुगेका विभिन्न ठाउँमा यिनले ग्रेवल सहितको निर्माण गर्न पहल संगै बजेट विनियोजित गरे सँगै बाटोघाटो जसले यातायातमा सहज पुर्याउन सहयोग गर्दै छ ।

    कृषिमा पनि विभिन्न कार्यक्रम एजेण्डा निर्माण गर्न यिनी पछि परेका छैनन्। वैदेशिक रोजगारीमा जाने युवाको लागि र गए पछि नठगियुन भन्ने उद्देश्यका साथ सामी परियोजना पहल गर्दै सञ्चालनमा ल्याए । अहिले नगरमा शिक्षा ,स्वस्थ ,यातायात,पर्यटक खानेपानी लगायतका विकासका पूर्वाधारमा निकै प्रभावकारी सहज अनि मुहार फेर्दै गरेको देख्न सकिन्छ । पछिल्लो समयमा पुराना पोल र तार हटाई नयाँ र नगर सौन्दर्य मा यिनी फिल्ड मै खटिरहेको पाइन्छ । एउटा टिपर गाडी पर देख्यो की साइड दिन नामिल्ने तम्घासका साँघुरा बाटो अब फराकिलो बनाउने एजेण्डा पूरा गर्दै छन् । बाटो रीपिज गर्दै छन् । केही एजेण्डा पूरा भए त केही हुँदै छन् भने केही पहल हुने तयारीमा रहेको जानकारी उहाँका सञ्जालका पेजमा पाउन सकिन्छ । उहाँका कार्य यति मात्र होइन थुप्रै छन् जुन लेख्न सकिँदैन होला । आखिरमा जसरी बुझें पनि उनी चौतर्फी विकासको लागि पछि परिरहेका छन् । 

    खिलध्वजको प्रशंसा मैले होइन यहाँका जनताले गर्दै आएका छन् । यसै गरी छोटकरीमा लेखिएको लेखले पक्कै पनि खिलध्वज लाई हौसला ,उत्प्रेरणा लाग्ला किनकी सयौ जनताको आवाज बोलेको कुरा लेखिएको छ भने म सम्पूर्ण राजनैतिक दललाई पनि यसै गरी आफू सक्दो आ आफ्नो ठाउँ बाट विकासको निम्ति पहल गर्नु भयो भने आश्वासन मात्र होइन नेता ले साँच्चिकै विकास गर्ने छन् भन्ने विश्वास जनतामा र देश विकासको लागि लामो समय लाग्ने छैन र यो एक उदाहरणले सबैलाई पक्कै पनि सकारात्मक सन्देश दिने छ भन्दै अन्त्यमा गुल्मेली प्रिय नेता खिलध्वज पन्थीलाई राजनैतिक यात्रा सफल सहित सम्पूर्ण नेता तथा नेतृ गुल्मेली मात्र नभई सिंगो देशकै पदिय जिम्मेवारी पाउनु भएका सम्पूर्णमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

    अन्त्यमा म के सुझाव दिन चाहन्छु भने प्रति पक्ष रहेर एउटा बन्दकोठमा फेसबुक मा अनावश्यक कुरा लेख्नु भन्दा आउनु होस् विकासको लागि सक्नु हुन्छ भने खटिनुहोस् चासो देखाउनु होस् हो नगर संग चिन्तित व्यक्ति हुनुहुन्छ । अनि नगर प्रमुखलाई के सुझाव दिन्छु भने खुट्टा तान्ने प्रवृत्ति होलान् हुन् सक्छ तपाईं अलिकति पनि हलचल नभई हाम्रो सुन्दर नगरी बनाउने नारा लिएर अघि बढ्नु भएको छ बढ्नुहोस् । जनता सबै तपाईंको राम्रो कार्यको पक्षमा छन् । केही नकारात्मक र दोष देखाउने केही निस्के होलान् निस्किन सक्लान् यसले तपाईं लाई झन् ऊर्जा दिने छ आँट दिने छ भन्दै बाँकी कार्यकाल सहित यो एक वर्ष सन्तुष्टिमय,प्रेरणादायी बितेको समेत जानकारी गराउँछु । नगर चिन्तित सबैलाई शुभकामना दिन चाहन्छु । 

     उही म घाँसे केटी पात्र बसन्ता पोख्रेल
    धुर्कोट १ नयाँगाउँ गुल्मी 
    धन्यवाद 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।