कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित चप्पर गाउँमा भएको स्कारपियो दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो वाणगंगा ८ चप्परगाउँमा दुर्घटना भएको हो । दुर्घटना भएको स्कारपियो भित्र मदिराको बोतल भेटिएको प्रहरीले जनाइएको छ ।
चार जना सवार स्कारपियोमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका बिमल अधिकारी पनि घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिनुभयो । अरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ । दुर्घटना तीव्र गतिको कारण भएको जनाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology