Logo

२०८३, श्रावण २७गते


images
images

अबको यात्रा बिद्यार्थीलाई रोजगार सङ्ग जोडनु हो :नेविसंघ केन्द्रिय सभापति दुजाङ शेर्पा

अबको यात्रा बिद्यार्थीलाई रोजगार सङ्ग जोडनु हो :नेविसंघ केन्द्रिय सभापति दुजाङ शेर्पा

images
  • अबको यात्रा बिद्यार्थीलाई रोजगार सङ्ग जोडनु हो :नेविसंघ केन्द्रिय सभापति दुजाङ शेर्पा
    images
    images

    अनिष पन्थी,गुल्मी ।नेपाल बिद्यार्थी संघका केन्द्रिय सभापति  दुजाङ शेर्पाले अबको  यात्रा बिद्यार्थीलाई रोजगार सङ्ग जोडने र बिदेश जाने ट्रेन्डलाइ रोक्ने कार्य भएको बताएका छन। नेपाल बिद्यार्थी संघ  रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको  १३ औं इकाई अधिबेशनको लागि सम्बोधन गर्न गुल्मी आएका केन्द्रिय सभापति शेर्पाले यस्तो बताएका हुन।

    images
    images
    images

    शैक्षिक आन्दोलनमा नेविसंघ थप अब्बल  भएर अगाडि बढने बताउदै स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित भएपछि  अब नेविसंघको जिम्मेवारी थप बढदै गएको बताए। शेर्पाले अबको रणनीतिमा शैक्षिक आन्दोलनमा केन्द्रित भै नया र रचनात्मक काम गर्न पर्ने बताए । जुन अहिले युवा पुस्तामा बिदेस जाने ट्रेन्ड छ यो नेविसंघ ले रोकेर नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए।

    images
    images
    images
    IMG-20230605-WA0021.jpg

    स्ववियु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसको घोषणा पत्रमा राखेको बिबिए र ब.एल.एल.बि बिषयको लागि आफूले  केन्द्र देखि पहल गर्ने बताउँदै स्ववियु कै कार्यकालमा यी बिषय  ल्याउने जिम्मा आफ्नो भएको बताए। नेविसंघ आफ्नो पाटिको पनि सधै निगरानी गर्ने र आफ्नै सरकार हुदा मुल्यवृद्धि विरुद्ध आवाज उठाएको र यो कदम चालिरहने बताएका छन।स्ववियु  निर्वाचनमा निर्वाचित लाइ बधाई दिदै नया र रचनात्मक काम गर्न सुझाव दिएका छन ।

    images
    images
    images

    यस्तै नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको १३ औं इकाइ अधिबेशनबाट नया नेतृत्व चयन भएको छ।जसको सभापतिमा शिभ भण्डारी ,वरिष्ठ  उपसभापतिमा आभास पाण्डे( सागर) उपसभापतिमा  दिपक पन्थी ,पार्वती खनाल(सलिना),सीता पाण्डे ,बिपना पाण्डे निर्वाचित भएका छन।

    यस्तै  सचिवमा अनिष पन्थी , बिमला पाण्डे सहसचिवमा सुभेक्षा पाण्डे कोषाध्यक्षमा करिस्मा टन्डन सह कोषाध्यक्षमा दिक्षा अर्याल  निर्वाचित भएका छन। यस्तै सदस्यहरु लेखनाथ खनाल, रमा पाण्डे ,मन्जु पाण्डे ,अस्मिता सदा, सम्झना पन्थी ,सिमरन कार्की , बिमला पाण्डे र सास्कृती संयोजकमा आरती गुरुङ निर्वाचित भएका हुन।

    IMG-20230605-WA0028.jpg

    निर्वाचित समिति पदाधिकारीलाई नेविसंघ केन्द्रिय सभापति एवं प्रमुख अतिथि दुजाङ शेर्पाले टीका र प्रमाणपत्रबाट सम्मानित गर्दै सफल कार्यकालको शुभकामना दिएका छन।

    कार्यक्रममा नेविसंघका केन्द्रिय सभापति दुजाङ शेर्पाको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस गुल्मीका सहसचिव छवि पाण्डे ,संघसंगठनका बिभाग प्रमुख प्रेमनारायण भण्डारीको विशेष आतिथ्यता रहेको थियो।
    नेविसंघ पुर्व केन्द्रिय सदस्य सुदर्शन खनाल,पदम भट्टराई नेविसंघ नेता शिव सापकोटा ,भुवन भट्ट ,मदन भण्डारी नेपाली कांग्रेस क्षेत्रीय  सचीव अनिल बस्नेत नेविसंघ जिल्ला सभापति झबिन्द्र पाण्डे ,नेविसंघ क्षेत्रीय सभापति अर्जुन पोख्रेल ,नेविसंघ जिल्ला सहसचिव रोशन सिह ठकुरी नेपाली कांग्रेस नगर सचीव प्रकाश बुढाथोकी ,गुणाखर पाण्डे महिला संघ नगर सभापति सीता पाण्डे ,जिल्ला सदस्य निर्मला केसि सीता बिक लगायतको उपस्थित रहेको थियो ।

    नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसका निबर्तमान सभापति पुनाराम घिमिरेको सभापतित्व रहेको कार्यक्रमको संचालन सह सचीव अनिल खत्रीको रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।