देवदह । देवदह प्रेस क्लबले मिडिया फेस्टिवलमा अग्रज पत्रकारलाई सम्मान गरेकाे छ । क्लबकाे आयाेजनामा जेठ २४ गते देखि सुरू भएकाे फेस्टिवलकाे उद्घाटन समाराेहमा पत्रकारीता क्षेत्रकाे विकासमा महत्वपूर्ण याेगदान गरेकाे भन्दै पत्रकारहरू स्वर्गीय नमराज पुरी, डिल्ली प्रसाद आचार्य, सिद्धिचरण भट्टराई र यम रानालाई सम्मान गरीएकाे क्लबका अध्यक्ष बिष्णु प्रसाद पाेखरेलले जानकारी दिए । सम्मानित हुने पत्रकारहरूलाई लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले दाेसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । स्वर्गीय पुरीकाे सम्मान धर्मपत्नीले ग्रहण गरेकी थिइन् भने पत्रकार डिल्ली प्रसाद आचार्य कार्यक्रममा अनुपस्थित भएका थिए । उनी प्यारालाइसिसकाे बिरामी छन । उनकाे सम्मान घरमै पुर्याइदिने क्लबका सचिव निर्मल थापाले जानकारी दिए ।
स्व.पुरीले देवदहमा पहिलाे रेडियाे स्थापना गरेका थिए भने आचार्य देवदहकाे पहिलाे पत्रकार हुन । उनले वि.सं २०४० सालमा देवदहमा पत्रकारीताकाे जग बसालेका थिए ।
त्यसैगरी सम्मानित हुने अर्का पत्रकार सिद्धिचरण भट्टराई देवदहमा पत्रकारिताको संस्थागत अभ्यास गर्ने पहिलो पत्रकार हुन । उनले देवदहमा हस्तलिखित साप्ताहिक पत्रीकाको सुरूवात गरेका थिए ।
त्यसैगरी रेडियो देवदहका संस्थापक स्टेसन म्यानेजर यम रानालाई रेडियो स्थापना र संचालनको लागि योगदान गरे वापत सम्मान गरिएको क्लबले जनाएको छ ।
सो अवसरमा देवदहमा गीत संगित को माध्यमबाट योगदान पुर्याएको सम्मानमा गायक तथा सर्जक तेजु अर्याललाई सम्मान गरिएको छ ।
साेही अवशरमा क्रियाशिल युवा पत्रकारीता पुरस्कारबाट पत्रकार रेशम अधिकारी सम्मानित भएका छन । अधिकारीलाई नगद ५ हजार १ सय ५५ सहित दाेसल्ला र प्रमाणपत्रले सम्मान गरीएकाे क्लबका काेषाध्यक्ष मीन रानाले बताए ।
जेठ २६ गते सम्म चल्ने फेस्टिवलमा रैथाने मकैलाई विशेष प्राथमिकता दिइएकाे छ । फेस्टिवलकै क्रममा मकैकाे बहुप्रयाेगकाे बिषयमा बिज्ञसंग छलफल कार्यक्रम समेत राखिएकाे छ । देवदहलाई मकै बालिकाे पकेट क्षेत्र मानिन्छ ।
कार्यक्रमकाे जेठ २६ गते देवदह नगरप्रमुख ध्रुव खरेलले समापन गर्नेछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology