काठमाडौं । एसिया कप आयोजना हुने हाइब्रीड प्रारुप तय भएको छ ।
एसिसीले आज चार खेल पाकिस्तानमा र नौ खेल श्रीलंकामा हुने गरि प्रतियोगिताको प्रारुप सार्वजनिक गरेको हो । एसिसीका अनुसार अब ३१ अगस्ट देखि १७ सेप्टेम्बरसम्म ६ राष्ट्र सम्मीलित प्रतियोगिता हुनेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सहभागी हुनेछन् ।
नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । समूहमा शीर्ष दुईमा रहने टोली सुपर चारका लागि छनोट हुनेछन् । सुपर चारमा रहने दुई टोली फाइनल खेल्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology