Logo

२०८३, श्रावण २७गते


images
images

किसानका दुःख

गुल्मीमा लम्पी स्किनको संक्रमण : १५० गाईगोरू मरे, पाँच हजार बढि संक्रमित

गुल्मीमा लम्पी स्किनको संक्रमण : १५० गाईगोरू मरे, पाँच हजार बढि संक्रमित

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा लम्पी स्किनको संक्रमण : १५० गाईगोरू मरे, पाँच हजार बढि संक्रमित
    images
    images

    कृष्ण अन्जान, गुल्मी । लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्।

    images
    images
    images

    जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको संक्रमणका कारण जिल्लामा १५० गाइगोरु मरेको  र करिब पाँच हजार पशुमा संक्रमण भएको भेटेरिनरी  अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

    images
    images
    images

    पशुमा पहिले उच्च ज्वरो आउने, कल्चौडादेखि शरीरका विभिन्न भागमा गिर्खा आउने र पाक्ने जस्ता लक्षण देखा पर्ने गरेको उनले बताए।

    images
    images
    images

    यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैँसीमा बिरलै भएको काफलेको भनाई छ। दूध दिने गाईमा उक्त रोग देखा परेपश्चात आधा जति दूधमा कमी आएको कार्यालयले जनाएको छ। लम्पी स्किन रोगको संक्रमणका कारण पशु मर्ने दर १० प्रतिशत सम्भावना  रहेको काफलेले बताए।

    यो रोग न्यूनीकरण गर्नका लागि कार्यालयले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ। कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरूसँग सहजीकरण गरी आफूहरूले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको काफ्लेले बताए।

    जिल्लामा स्थानीय तहको सहयोगमा  पशुमा करिब २५ लाख रुपैयाँ बराबरको औषधी र भ्याक्सिन लगाइएको छ।

    यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिकाभित्र एक दर्जन भन्दा बढी पशु मरिसकेको बताए। उनले हजार भन्दा बढी पशुहरूमा भ्याक्सिन खरिद गरेर लगाइसकेको बताए।

    जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा यस्ता माहामारीमा कुनै काम नरहेको पोखरेलको भनाइ छ। नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।