Logo

२०८३, श्रावण ३०गते


images
images

आइसिसी विश्वकप छनोट

नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै

नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै

images
  • नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै
    images
    images

    काठमाडौ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज (बिहीबार) वेस्टइन्डिजको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

    images
    images
    images

    नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दैछ । वेस्टइन्डिज एकदिवसीय दुई र टि२० दुई गरि चार पटकको विश्व बिजेता हो ।एकदिवसीय विश्वकप वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले जितेका छन् । यी विश्वकप विजेता देशमध्य वेस्टइन्डिजसँग नेपालले पहिलो पल्ट खेल्न लागेको हो । अन्य टोलीसँग नेपालले हालसम्म खेलेको छैन। टि२० मा भने नेपालले आयरल्यान्ड, बंगलादेश, अफगानिस्तान र जिम्बावेसँग खेलिसकेको छ ।

    images
    images
    images

    पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ। आजको खेलमा वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ। वेष्टइन्डिजले पनि अमेरिकालाई पराजित गरेको छ। नेपालले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ। नेदरल्याण्ड पनि जिम्बावेसँग पराजित भइसकेको छ ।

    images
    images
    images

    जिम्बाब्वेमा जारी प्रतियोगितामा  १० टिमको सहभागी रहेको छ । दुई समूहमा ५-५ टिम रहेको र दुवै समूहबाट समान ३-३ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुग्ने टोलीमध्ये शीर्ष दुई टिम भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

    ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन्। त्यस्तै टि२० आई वरियतामा नेपाल १७ औं र वेस्टइन्डिज ७ औं स्थानमा छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।