नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउँपालिका वडा नं. ३ मा गठित सुस्ता बाैध्दिक समाज नेपालले ४ बुंदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएकाे छ ।
सुस्ता गाउपालिका वडा नं. ३ काे केही भाग र वडा नं. ४ काे भाग भारतकाे गुगल म्यापमा राखिएकाेले तत्काल गुगल म्याप बाट हटाउनुपर्ने, बैंकले लगानी ऎन वा लगानी मापदण्ड संसाेधन गरिनुपर्ने, सिमाना देखि ३ किलाे मिटरसम्मकाे किसान उद्याेगीहरुलाई बैकबाट लगानीकाे बाताबरण मिलाउनुपर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा मार्फत ज्ञापन पत्र बुझाईएको सुस्ता बाैध्दिक समाज नेेपालका अध्यक्ष हरिलाल दुसाधले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology