Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन

सुस्ता स्थित ऐतिहासिक ‘अनोमाघाट’ पर्यटकीय गन्तव्य बन्दै

सुस्ता स्थित ऐतिहासिक ‘अनोमाघाट’ पर्यटकीय गन्तव्य बन्दै

images
  • सुस्ता स्थित ऐतिहासिक ‘अनोमाघाट’ पर्यटकीय गन्तव्य बन्दै
    images
    images

    देवदह । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको अनोमाघाटलाई पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास गर्न पालिकाले विशेष गुरुयोजना अघि सारेको छ । 

    images
    images
    images

    सरोकारवाला पक्षहरूसँग भएको वृहत् छलफलले अनोमाघाटको समग्र विकास र प्रवद्र्धनका लागि ठोस कदम चाल्ने गाउँपालिकाले निर्णय गरेको हो ।
    छलफलले क्षेत्रको योजनाबद्ध विकासका लागि एक अधिकारसम्पन्न अनोमाघाट विकास एवम् प्रवद्र्धन समिति गठन गर्ने निर्णय गरेको छ । यसका साथै उक्त स्थानमा पर्यटकलाई आकर्षित गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने र बाह्य क्षेत्रबाट आउने आगन्तुकहरूको सहजताका लागि मुख्य राजमार्ग तथा विभिन्न चोकहरूमा जानकारीमूलक साइनबोर्ड राख्ने योजना तय गरिएको छ । 

    images
    images
    images

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले अनोमाघाट सुस्ताको मात्र नभई देशकै गौरव भएको बताए । ‘अनोमाघाटको ऐतिहासिक गरिमालाई विश्वमाझ चिनाउन हामी प्रतिबद्ध छौँ । यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउन पालिकाले बजेट र योजनामा प्राथमिकता दिएको छ ।’ उनले भने, ‘विकास समितिमार्फत हामी यहाँको गुरुयोजना कार्यान्वयन गर्नेछौँ र आवश्यक भौतिक पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्ने छैनौँ ।’

    images
    images
    images

    त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले प्रशासनिक र प्राविधिक पक्षबाट विकास कार्यलाई तीव्रता दिइने उल्लेख गरे । उनले भने, ‘अनोमाघाटको पहिचानका लागि सूचना प्रवाह सबैभन्दा महत्वपूर्ण छ । त्यसैले हामीले विभिन्न स्थानमा जानकारीमूलक साइनबोर्ड राख्ने र व्यवस्थित संरचना निर्माणको कामलाई तत्कालै प्रक्रियामा लैजाने तयारी गरेका छौँ ।’

    अनोमाघाटलाई विशेषगरी बौद्ध दर्शनसँग जोडेर हेरिन्छ । सिद्धार्थ गौतम (बुद्ध) ले गृहत्याग गरी ज्ञानको खोजीमा निस्कँदा आफ्नो राजकीय वस्त्र त्याग गरेको र कपाल मुण्डन गरी तपस्वी जीवनको सुरुवात गरेको स्थलका रूपमा यसलाई चिनिन्छ । नारायणी नदीको तटमा रहेको यो क्षेत्र धार्मिक दृष्टिले पवित्र र ऐतिहासिक दृष्टिले उत्खनन तथा अनुसन्धान योग्य मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुस्ता
  • # अनोमाघाट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।