Logo

२०८३, श्रावण ३०गते


images
images

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो

images
  • कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो
    images
    images

    काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो ।

    images
    images
    images

    १८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि १९ गतेसम्मका लागि उत्तरपुस्तिका परीक्षण स्थगित भएको हो ।हिस्टुनका महासचिव शंकर तिवारीले देशभरका परीक्षण केन्द्रमा मंगलबारदेखि १९ गतेसम्मका लागि परीक्षणको कारण रोकिएको बताए ।

    images
    images
    images

    आफूहरूले आन्दोलन गर्दै आएको र सरकारलाई दबाब दिनका लागि परीक्षणको काम स्थगित गराईदिन अनुरोध गरेको र सोही आधारमा रोकिएको उनको भनाई छ ।

    images
    images
    images

    साबिकको उच्च माध्यमिक विद्यालय तहमा कार्यरत ४ हजारको संख्यामा रहेका अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

    उमावि तहको दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रूपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिष्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।

    त्यसरी विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने उनीहरूको माग छ ।उनीहरूले १९ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेका हुन् । त्यो बेलासम्म पनि माग सुनुवाइ गरिएन भने अर्को चरणको आन्दोलन गरिने महासचिव तिवारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।