Logo

२०८३, श्रावण २७गते


images
images

गुरु पुर्णिामा विशेष: नेविसंघ रेसुङ्गा क्याम्पसद्वारा गुरुहरुको सम्मान

गुरु पुर्णिामा विशेष: नेविसंघ रेसुङ्गा क्याम्पसद्वारा गुरुहरुको सम्मान

images
  • गुरु पुर्णिामा विशेष: नेविसंघ रेसुङ्गा क्याम्पसद्वारा गुरुहरुको सम्मान
    images
    images

    गुल्मी । नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गुरुहरु सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।गुरु पुर्णिामाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरुलाइ सम्मान कार्यक्रम गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि गुणानिधी सर्माले नेपाल बिद्यार्थी संघले आयोजना  गरेको गुरु सम्मान कार्यक्रमको लागि विशेष धन्यवाद दिए।
    बिद्यार्थीकोहरु किताबी अध्ययन साथै यी र यस्ता सनातन धर्महरुको रक्षाको निमित्त पनि लागि पर्नुपर्ने बताए। बिद्यार्थीहरु बाटै हाम्रा धर्म सस्कृतीको रक्षा हुने भएको बताउदै हाम्रा यी रितिरिवाज चालचलन बिर्सन नहुने बताए।

    images
    images
    images

    सहायक क्याम्पस प्रमुख एवं कार्यक्रममा विशेष अतिथि कमल सर्माले नेपाल बिद्यार्थी संघको यो कार्यप्रती खुसी व्यक्त गर्दै नेपाल बिद्यार्थी संघको प्रशंसा गरे।
    यस्तै विशेष अतिथि एवं स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरेले गुरुहरु लाई सधै सम्मान गर्दै गुरुले सिकाएको बाटोमा हिडनुपर्ने बताए।

    images
    images
    images

    कार्यक्रमका सभाध्यक्ष एवं नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका सभापति शिव भण्डारीले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै गुरुले सिकाएको बाटोमा सधै पाइला चाल्ने बताए।

    कार्यक्रममा सहायक क्याम्पस प्रमुख गुणानिधि शर्माको प्रमुख आतिथ्यता,सहायक क्याम्पस प्रमुख कमल शर्मा,स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरे,स्वतन्त्र बिद्यार्थी युनियनका कोषाध्यक्ष यमुना सेन,रेडक्रस युवा सर्कल रेसुङ्गा क्याम्पसकि अध्यक्ष पार्वती पन्थी  एवं क्याम्पसमा अध्यापन गराउने  प्रध्यापकहरुको विशेष आतिथ्यता रहेको थियो ।

    संगठनका उपसभापति आभास पाण्डेको स्वागत मन्तव्य, सभापति शिव भण्डारीको सभाध्यक्षता सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन सचीव अनिष पन्थीले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।