Logo

२०८३, श्रावण ३१गते


images
images

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

images
  • विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् ।

    images
    images
    images

    ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’

    images
    images
    images


    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उनले भने । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताए ।

    images
    images
    images


    बिपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०-१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’
    सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भईरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता बिकासकालागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।


    शान्ति सुरक्षाको अनुभुती हुने गरि नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तब्य भएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा लगायत पर्यटकीय शहरहरुमा रात्रीकालीन ब्यवशायलाई सहज रुपमा संचालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घण्टा  खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । ‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘ब्यवशायीले चाहान्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो ।’


    गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।