काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।
हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology