Logo

२०८३, श्रावण ३०गते


images
images

पाल्पामा पहिरोले ५ घर पुरिए , १ को मृत्यु, १ बेपत्ता, बुटवल-पाल्पा सडक समेत अवरुद्ध 

पाल्पामा पहिरोले ५ घर पुरिए , १ को मृत्यु, १ बेपत्ता, बुटवल-पाल्पा सडक समेत अवरुद्ध 

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा पहिरोले ५ घर पुरिए , १ को मृत्यु, १ बेपत्ता, बुटवल-पाल्पा सडक समेत अवरुद्ध 
    फाइल फोटो
    images
    images

    सुमन गाहा, पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन् । 

    images
    images
    images

    कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो । पहिरोमा परिन८ वर्षिय बालक आरब परियार बेपत्ता छन् । 

    images
    images
    images

    बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरोले घाईते भएकाहरुलाई कल्याणी आधारभुत बिद्यालयमा राखेर उपचार भैरहेको र बिस्थापितहरुलाई पनि सोही बिद्यालयमा राखिएको स्थानीयले जनाएका छन् । 

    images
    images
    images

    बुधबार राती देखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको पाल्पा प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।