काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी अभियोग लागेकाहरू पार्टीबाट अलग बस्नुपर्ने बताएका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले अभियोग लागेकाहरू अलग नबसे पार्टीले निलम्बन गर्नुपर्ने बताएका हुन् ।
‘फौजदारी अभियोग लाग्छ भने कुनै पनि व्यक्तिले पार्टीको हित हेरेर पार्टीबाट अलग राख्नुपर्छ, जुन बेलासम्म फैसला हुँदैन । र, यदि अवस्था त्यस्तो नभए पार्टीले निलम्बन गर्नुपर्छ,’ उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology