Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले वरिष्ठ नेता खनालको उपचार सरकारी ढुकुटीबाट, पन्छियो पार्टी

एमाले वरिष्ठ नेता खनालको उपचार सरकारी ढुकुटीबाट, पन्छियो पार्टी

images
  • एमाले वरिष्ठ नेता खनालको उपचार सरकारी ढुकुटीबाट, पन्छियो पार्टी
    images
    images

    काठमाडौँ। भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गरेका नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसविपरीत उनको उपचार सरकारले गर्ने गरि निर्णय गराएका छन्।

    images
    images
    images

    ओलीले पछिल्लो आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा खनालको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका थिए। तर बिहीबार मुख्यसचिव शंकरदाश बैरागीको हस्ताक्षरसहित खनालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएको छ।

    images
    images
    images

    निर्णयको ब्यहोरामा भनिएको छ,‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकाशा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने।’

    images
    images
    images

    खनाल मिर्गौलामा समस्या आएपछि हाल अपोलो अस्पतालमा उपचारमा छन्। पछिल्लो पटक उनी ओलीका निर्णय र कार्यशैलीको विरुद्धमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगै उभिएका थिए।

    तर कोरोना संक्रमणसँगै स्वास्थ्यमा थप जटिलता आएपछि खनाल उपचारका लागि नयाँ दिल्ली गएका थिए। त्यहाँबाट उनले पार्टी एकताको विकल्प नभएको सन्देश सार्वजनिक गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।